सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा लाग्छु : प्रधानन्यायाधीश

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता हुने बताएका छन् । कानून दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन् । विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया