प्रदेश-१मा कोभिड महामारी : ११७३ जनाको पीसीआर परीक्षण गर्दा ५७८ संक्रमित

विराटनगर ः प्रदेश–१ मा गरिने पीसीआर परीक्षणमा झण्डै ५० प्रतिशत मानिसलाई कोभिड–१९ संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १७३ जनाको पीसीआर परीक्षण गर्दा ५७८ जनामा कोभिड देखिएको हो ।
यसलाई प्रतिशतमा हेर्ने हो भने ४९.२७ प्रतिशत हुन आउँछ । यो दर अहिलेसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाका कारण ४ जनाको ज्यान गएको छ ।
परीक्षण गरिएकामध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५ जनामा संक्रमण देखिएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमितमध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ । अहिले सम्म प्रदेश १ मा ५४७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया