कोशी नामकरणको विरोधमा वडा कार्यालय र प्रहरी भ्यान तोडफोड

विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयमा तालाबन्दी गर्न गएका जातीय पहिचान पक्षधर प्रदर्शनकारीहरूले प्रहरीको गाडी तोडफोड गरेका छन् ।
उनीहरूले ढुंगामुढा गर्दा वडा कार्यालयका झ्यालका प्राय:सबै सिसा फुटेका छन् । वडा कार्यालयको फर्निचर र अन्य कागजात लगायतका उपकरणहरूमा पनि क्षति पुगेको जनाइएको छ ।
शुक्रबार पहिचान पक्षधरहरूले वडा कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले ताला फुटाएपछि झडपको अवस्था बनेको थियो । उग्र बनेका प्रदर्शनकारीहरूले त्यसपछि वडा कार्यालयमा ढुंगामुढा गर्नुका साथै तरहरा प्रहरी चौकीको ना १ झ ६२० नम्बरको भ्याान समेत तोडफोड गरेका हुन् ।
वडा कार्यालय भवनका सिसाहरू फुटेका छन् भने डिजिटल बोर्ड पनि क्षतिग्रस्त भएको वडा कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिसम्बद्ध घटकहरू सम्बद्ध व्यक्तिहरूले कोशी नाम खारेजको माग गर्दै वडा कार्यालयहरूमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम चर्काइरहेका छन् ।
आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी धरानका पदम लिम्बूको मृत्यु भइसकेको छ ।
लिम्बूको मृत्युको विरोधमा उत्रिएका आन्दोलनकारीहरूले भने विरोधका कार्यक्रमलाई उग्र बनाउँदै लगेका छन् । चैत १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएका लिम्बूको शव अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन ।

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

प्रतिक्रिया