कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बस्दै छ । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ।
कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद । यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक/एक सांसद छन् ।
प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । हाल माओवादी र एमालेको गठबन्धन सरकार छ ।
विश्वासको मत लिने क्रममा कांग्रेसले कस्तो भूमिका खेल्ला त भन्ने विषयमा सबैको ध्यान तानेको छ । हाल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले एमाले-माओवादीकै सरकार नै अघि बढ्न सक्ने सम्भावना पनि देखिएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया