जापानबाट एसईईमा १४ जना सहभागी

जापान- आजबाट सुरू हुने एसईई परिक्षामा जापानबाट पनि १४ जना नेपाली विद्यार्थी सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि जापानमा एसईई परीक्षा केन्द्र निरन्तरता दिएपछि नेपाली विद्यार्थी पनि सहभागी हुन पाएका हुन् ।
नेपालबाट कामको लागी जापान आएका बुबाआमासँगै जापानमा हुर्किरहेका विद्यार्थीले विद्यालयमा अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्म पढाई भइरहेको विद्यालयमा यस वर्ष १४ जना विद्यार्थीले जापानबाटै एसईई परीक्षामा सहभागी भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन भइरहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल ४ सय जना विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल विष्णुप्रसाद भट्टले बताए ।
बोर्डले देशबाहिरको एकमात्र केन्द्र एभरेष्ट इन्टरनेशनल स्कुलमा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा नेपाली समय अनुसार बिहान ८ बजेबाट सुरू भएको छ।
एभरेष्ट स्कूल सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम अध्यापन गराइरहेको देशबाहिरको एक मात्र सामुदायिक विद्यालय हो । विद्यालयको नेपाली पाठ्यक्रम स्वीकृतिका लागि २०७१ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षण अनुमति लिइएको थियो ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया