यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल

उदयपुर- उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुसी भएका छन् ।
त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाको हडिया, जोगीदह, बसाहा क्षेत्रमा अहिले आँप र लिचीका बोटमा फूल राम्रैसँग फुलेपछि कृषक राम्रै उत्पादन हुनेमा आशावादी भएका छन् ।
त्यसैगरी बेलका नगरपालिका क्षेत्रको पुरनदह, तपेस्वरी, भागलपुरसहितका सिवाइ सुन्दरपुर क्षेत्रमा अहिले आँपका बोटमा स–साना फल लाग्न थालेको छ । त्रियुया नगरपालिका–२ खैजनपुरका कृषक देवकृष्ण राजधामी भन्छन्, 'विगतमा भन्दा यसपटक आँप र लिचीका बोट धेरै फुलेर फल लागेका छन्, हावाहुरीले बिगारेन भने आँप र लिचीको उत्पादन धेरै हुन्छ ।'
चौदण्डीगढी नगरपालिका–५ सिवाइ सुन्दरपुरका कृषक देवनारायण चौधरीले पाँच वर्षमा अहिले आँप र लिचीको राम्रो फूल फुलेको बताए । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार सात सय ७० हेक्टर क्षेत्रफलमा आँपखेती र एक सय ५० हेक्टर क्षेत्रफलमा लिचीखेती गरिएको छ । वर्षाले क्षति नगरे यस वर्ष आँप र लिचीको राम्रो उत्पादन हुनेमा आशावादी भएको ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउँछन् ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया