लिंकन युनिभर्सिटीले दीक्षान्त समारोह गर्दै, एक हजार ५०० विद्यार्थी दीक्षित हुने

काठमाडौँ - मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो । कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा आगामी बैशाख १६ गते हुने विश्वविद्यालयले जनाएको छ ।
यस वर्ष एक हजार पाँच सय विद्यार्थीले दीक्षित गर्न कार्यक्रम भाग लिने छन् । दीक्षान्त समारोहमा सहभागी हुनको लागि www.convocation.lucan.org.np मार्फत् चैत १६ गतेदेखि २० गतेसम्म दर्ता गर्न पाउने विश्वविद्यालयले जनाएको छ।
सन् २००२ मा मलेसियामा स्थापित लिंकन युनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१३ मा सम्बन्धन दिएको थियो ।
हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर काठमाडौं, ललितपुर, विर्तामोड, विराटनगर, बुटवल, पोखरा लगायतका शहरमा ११ वटा कलेजहरू सञ्चालित छन् । यी कलेजहरूले बिबिए, एमबिए र विएचए. प्रोग्रामहरू सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया