मन्त्रिपरिषद् विस्तार दुई चरणमा : सुरुमा गृह, अर्थसहित सबै दलबाट एक-एक जना मन्त्री हुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ । पटक-पटक सत्ता गठबन्धन दलहरूसँग छलफल गरे पनि सहमति जुट्न नसकेपछि मन्त्रसिपरिषद् विस्तामा सकस भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्नेगरी विनानिष्कर्ष टुंगिएको छ । साना दलहरूले बढी मन्त्रालय माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । आज ३ बजे बस्ने बैठकले मन्त्रिपरिषद् विस्तार आजै राति वा भोलि विस्तार गर्ने निर्णय हुने बालुवाटार स्रोतले जानकारी दियो ।
भागबण्डा नमिलेपछि दुई चरणमा मन्त्रिपरिषद् विस्तारमा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । पहिलो चरणमा गृह, अर्थ मन्त्री नियुक्ति गर्ने र गठबन्धनमा भएका सबै दलबाट एक-एक जना मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको माओवादीका एक नेताले इकागजलाई जानकारी दिए । त्यसैगरी दोस्रो चरणमा गठबन्धनमा रहेका दलहरूसँग छलफल टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम बुझाउन गठबन्धनका सबै दललाई भनेको एकिकृत समाजवादीका एक नेताले इकागजलाई जानकारी दिए । उनका अनुसार तीन जना मन्त्रीको दाबी गरेको समाजवादीले सुरुमा कसलाई पठाउने भन्ने दोधारमा छ । प्रधानमन्त्री प्रचण्डले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हुने एक जनाको नाम आजै पठाउनु भनेपछि समाजवादीले नाम टुंग्याउन बैठक डाकेको छ ।
प्रचण्डले मन्त्रालय भागबण्डाको खाका तयार गरीसकेका छन् । जसअनुसार कांग्रेसलाई ८ मन्त्रालय र माओवादीले ५ मन्त्रालय पाउनेछन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ३, एकिकृत समाजवादीले २ र जनता समाजवादीले २ मन्त्रालय पाउनेगरी खाका तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । त्यसैगरी प्रचण्डले बनाइएको खाकामा सत्तासाझेदारी साना दललाई एक-एक मन्त्रालय छुट्याइएको छ ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया