‘अक्सिजन सिलिण्डर बोकेर टोलटोलमा पुग्ने नगर प्रमुख’

विराटनगर : आज भोली विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीको दैनिकी फेरीएको छ । बिहान बेलुका मात्र हैन मध्य रातमासमेत प्रमुख पराजुली अक्सिजनको सिलिण्डरबोकेर टोलटोलमा पुग्छन् । गम्भीर प्रकृतिका कोभिड-१९ संक्रमितका लागि घर-घर अक्सिजन पुर्याउने कामलाई पहिलो चरणको कोभिड संक्रमणकालदेखि नै सुरु गरेका प्रमुख पराजुलीले दोस्रो संक्रमणमा पनि निरन्तरता दिएका छन् ।
अक्सिजनको आवश्यक पर्ने संक्रमितका लागि पराजुली पराजुली आफै सिलिन्डर बोकेर घर-घर पुर्याउने गर्छन् । आफ्नो गाडीमा अक्सिजन पीपीईलगायत स्वास्थ्य सामग्री बोकेर हिड्ने पराजुलीले शुक्रबारबाट आफू चड्ने गाडीसमेत कोरोना संक्रमितहरूलाई उपचारका लागि अस्पताल पुर्याउन एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका छन् ।
पहिलो चरणको कोभिडमा समेत प्रमुख पराजुलीले घर–घरमा अक्सिजन पुर्याएका थिए । पहिलो चरणमा करिब ४० जनाको घरमा अक्सिजन पुर्याएको पराजुलीले बताए । दोस्रो चरणको कोभिड संक्रमण सुरु भएपछि पराजुलीले करिब ३५ जनालाई घरमा नै अक्सिजन पुर्याइसकेका छन् । ‘हाम्रो महानगरको स्वास्थ्य टिम छ । त्यो टिमले पहिलो बिरामीको अवस्था हेर्छ । अक्सिजनको लेबल ९० भन्दा माथि छ भने मात्र घरमा बस्न दिन्छ । नत्र अस्पताल पुर्याउँछ,’ प्रमुख पराजुलीले भने, ‘घरमा बसेर उपचार गर्ने अवस्था र अक्सिजनको आवश्यक परेको हो भने उपलब्ध गराउने गरेका छौं ।’
शनिबार प्रमुख पराजुलीले एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएको गाडीले ६ जनालाई अस्पताल पुर्यायो । ‘अब मेरो गाडी छैन्, तर घर-घरमा अक्सिजन पुर्याउने काम जारी छ,’ उनले भने, ‘नगरको स्वास्थ्य टिम र नगर प्रहरीले आवश्यक परेको स्थानमा पुर्याउने काम गरी रहेका छन् ।’
महानगरले यो कामलाई २४ सै घण्टा जारी राख्ने बताएको छ । महानगरमा अहिले सम्म २ हजार भन्दा बढी संक्रमीत पुगिसकेका छन् । विराटनगर-१९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको १९ बेडको आइसोलेसन केन्द्र महानगरले सुरु गरेको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका दुई वटा गाडी बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकासँग रहेको सवारी साधन नागरिकको सेवामा समर्पण गरेको जनाएको छ । बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले प्रयोग गर्दै आएका गाडीहरू बिरामी बोक्ने प्रयोजनमा महामरी अवधिभर प्रयोग गरिने भएको छ ।
नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र-७ मा अक्सिजनको सुविधासहितको ५० बेडको आइसोलेशन तयार गरेको र नगरको सीमा नाकाहरूमा हेथ्थ डेस्क स्थापना गरेर संक्रमित पहिचानको काम सुरु गरेको पनि जनाएको छ । नगरपालिकाले फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्की सुरक्षाकर्मीसमेतको सम्पर्क नम्बर सार्वजनिक गरेर आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया