कोशी प्रदेश नाम खारेजी मागको प्रदर्शनमा दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहासिक पृष्टभूमिको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप भएको हो ।
प्रदर्शनकारीहरुले प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीकोसमेत राजनीमाको माग गरेका थिए । सो क्रममा विराटनगरको पाञ्चलीमा भएको प्रदर्शनमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । पानीको फोहरासमेत प्रहार गरिएको छ । जवाफीमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, इट्टाहरु प्रहार गरेका छन् ।
विराटनगर ९ पान्चाली मोडमा ठूलो सङ्ख्यामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_M5N7R9pxJC_ekdh8fy2uwd9swpzpmga0lmieistllxmgt61tmpnbii1327lryvqxdwza0j1.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया