११ दिन हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितको आन्दोलनमा मेयर बालेनको ऐक्यबद्धता

काठमाडौँ- मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका छन् ।
उनले सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै पीडितको मागप्रति ऐक्यबद्धता रहेको समेत प्रतिबद्धता जाहेर गरेका छन् । 'नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौ,’ उनले भनेका छन्, 'हामी चाहन्छौँ यस्तो अवस्था मा काठमाडौँ कोही आउन नपरोस्, गाउँ-गाउँमा सरकार पुगोस् ।'
मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारकाे आश्वासनमै सीमित रहेको टिप्पणी उनले गरेका छन् । 'काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ,' उनले अगाडि भनेका छन् ।
११ दिन हिँडेर काठमाडौँ आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्था गरेको जानकारी उनले दिए । 'खाना र वासको व्यवस्था गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्यौं तर उहाँहरू खुल्लामञ्चमा बस्न खोज्नुभयो,' उनले भने ।
मिटर ब्याजीविरुद्ध आन्दोलन गर्न महोत्तरीदेखि चैत २ गतेदेखि उनीहरू हिड्न सुरु गरेका थिए । उनीहरू बर्दिवास हुँदै हेटौडाको बाटोबाट काठमाडौँ प्रवेश गरेका थिए ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया