'इन्डिकेटर' मा समस्या देखिएपछि बुद्धको जहाज रनवेबाट फिर्ता

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि रनवेबाट फर्किएको छ ।
काठमाडौँबाट भैरहवाका लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार 'इन्डिकेटर' मा समस्या आएपछि जहाज पुनःपार्किङमै फर्किएको हो । सोमबार २:४५ बजेको उडान तालिका रहेको उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ यात्रु सवार थिए ।
'मेसिनरी चिज भएकाले समय-समयमा समस्या देखापर्छ,' उनले भने, 'समस्या देखिएपछि पाइलटले फेरि ब्याक गरेर ल्याएको हो । सामान्य अवस्था हो ।'

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया