सिन्धु सोसाइटी अमेरिकाले थप ६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाइदिने

काठमाडौँ- सिन्धु सोसाइटी अमेरिकाले ६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाइदिने भएको छ । शैक्षिक सत्र २०८० सालदेखि १२ कक्षासम्म पढाइदिने भएको सोसाइटीका अध्यक्ष सुर्य खड्काले जानकारी दिए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ का ११ वर्षीय सुमन अधिकारी, बाह्रबिसे नगरपालिका-८ की ८ वर्षीया गंगा नेपाली, सुनकोसी गाउँपालिका- ६ की १३ वर्षीया रितु तामाङ, ७ वर्षीय भीजन पराजुली, लिसंखुपाखर गाउँपालिका-७ की ९ वर्षीया सोनम तामाङ र त्रिपुरासुन्दरी गाउँपालिका-२ का ७ वर्षीय अभय थामीलाई छनौट गरेको अध्यक्ष खड्काले जानकारी दिए ।
सन् २०१० मा स्थापना भएको यो संस्था सिन्धुपाल्चोकबाट अमेरिकामा बसोबास गर्ने नेपालीहरूको हो । यसअघि उक्त संस्थाले १६ जना पढाएको थियो । अहिले थपिएको ६ जनासहित २२ जना संस्थामा आवद्ध भएका छन् । जसमध्ये ४ जनाले कक्षा १२ पढाई सकाइसकेका छन् । २ जना कक्षा १२ पढ्दैछन् ।
हाल सिन्धुपाल्चोकको मेलम्चीस्थित प्रगति इङलिस स्कूल ६ जना र बाह्रबिसेको चण्डेश्वरी बोर्डङ स्कूल ५ पढिरहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया