माछापुच्छ्रेको काख, खुमैमा घुमाईं...

पोखरा- बुटवलकी निशा घिमिरे खुमैडाँडामा पुग्दा छुट्टै संसारमा पुगेको अनुभूति गर्दै थिइन् । उनी कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ सरिपाखादेखि झण्डै ७ घण्टा उकालो चढेर खुमैडाँडा पुगेकी थिइन् । लगातारको हिँडाईंले उनलाई थकानको लखतरान बनाएको थियो ।
नाकै ठोकिने उकालो छिचाेलेर जब खुमै टेकिन्, उनको थकान कता पुग्यो पुग्यो पत्तै भएन । उनको मन त्यसै प्रफुल्लित भयो । ‘बाटोको कुरै नगरौँ एकदमै उकालो । बीचमा पानी पर्यो यात्रा झनै कठिन बनाइदियो,’ उनले भनिन्, ‘जेहोस् यहाँ आइसकेपछि एकदम रमाइलो भयो म कहाँ आइपुगेँ जस्तो फिल भयो ।’
उनी जस्तै खुमैडाँडा पुग्ने पर्यटकको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । समुन्द्री सतहबाट ३२४५ मिटरको उचाइमा खुमैडाँडा हिमाल काखैमा छ । त्यहाँबाट २ घण्टा बाटो छिचोलेर कोर्चां पुगेपछि माछापुच्छ्रे हिमालको झनै आकर्षक दृष्य देखिन्छ । तर, कोर्चांमा बासको व्यवस्था छैन । त्यहाँ जानका लागि खुमैमा एक रात बस्नै पर्छ । खुमैबाट पनि हिमाल नजिकै देखिने अनि होटल भएकाले पछिल्लो समय खुमैसम्म पुगेर पोखरा फर्कनेहरू धेरै छन् । पर्यटकको संख्या बढ्दा खुमैडाँडाका ३ होटल सञ्चालकलाई भ्याइनभ्याइ छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा ग्रेट माछापुच्छ्रे ट्रेल अन्तर्गतको उक्त पदयात्रा पोखराबाट २ दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३.३ किलोमिटर मोटर यात्रामा पुगिन्छ । त्यसपछि सरिपाखादेखि खुमैडाँडासम्म जंगलै जंगलको यात्रा गर्नुपर्छ । सरिपाखादेखि खुमैडाँडा पुग्न कम्तीमा ५ देखि ७ घण्टा समय लाग्छ ।
खुमैबाट माछापुच्छ्रे, अन्नपूर्ण, हिमचुली, मर्दी लगायतका हिमाल देख्न सकिने पर्यटन व्यवसायी सुर्यबहादुर गुरुङले बताए । हिमाल नजिकै भएकाले पनि हिउँ पर्ने अनि गुराँस फुल्ने समयमा धेरै पर्यटक पुग्ने गरेको उनले सुनाए । खुमैमा अहिले दैनिक १५० देखि २०० जनासम्म पदयात्री पुग्ने खुमैका पर्यटन व्यवसायी सञ्जय थापाले बताए । शुक्रबार र शनिबार झनै चाप बढ्ने उनले सुनाए । खुमैमा पयर्टक बढेकाले व्यवस्थापनमा गाह्रो परेको उनले बताए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_qUZxToorXi_3ejwl5j12xh9kltesrcalz9whi4k1b2biakkbcinuzz0mcpedqp7t7t5yv2k.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया