सरकारलाई एमाले नेता पन्तकाे प्रश्न : सशस्त्र द्वन्द्वमा मारिएका नौ हजार सहिद हुन् वा हाेइनन् ?
काठमाडौँ- आठ हजारलाई सहिद घोषणा गर्ने सरकारको पछिल्लो निर्णयप्रति एमाले नेता रघुजी पन्तले आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता पन्तले १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएकाहरूलाई सहिद घोषणा गर्ने काम सरकारको नभई आयोगको भएको पनि स्पष्ट पारे । उनले माओवादी द्वन्द्वकालमा १७ हजारको ज्यान गएको तर सरकारले ८ हजारलाई मात्रै सहिद घोषणा गरेर बाँकी नौ हजारको जिम्मा नलिने काम गर्न नपाउने पनि पटकपटक दोहोर्याए ।
नेता पन्तले बाँकी नौ हजार सहिद हुन/होइन ? जवाफ दिन पनि सरकारसँग माग गरे । उनले सरकार संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन गम्भीर नभएको आरोप समेत लगाए । सरकार गम्भीर भएको भए सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी रिक्त बनाउने काम गर्न नहुने नेता पन्तको भनाइ थियो ।
नेता पन्तले संक्रमणकालीन न्यायलाई सम्बोधन गर्ने गरी सरकारले 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' नल्याएको जिकिर पनि गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया