राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत

काठमाडौँ - राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतीले स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतीले स्वीकृत भएको हो ।
डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतीले स्वीकृत भएको घोषणा गरे ।
उनले भने, ‘मान्य सदस्यहरू, अब म राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु, यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला । हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्दछु ।’
राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया