मेयर्स कप क्रिकेटः कोशी प्रदेशको विजयी सुरुवात

काठमाडौँ- ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले आयोजक ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
ललितपुर मेयर्सको भने यो लगातार दोस्रो पराजय हो । ललितपुर मेयर्सले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ५१ रनको पराजय भोगेको थियो ।
शुक्रबारको खेलमा ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि अप्सरी बेगमले सर्वाधिक २९ रनको योगदान गरिन् । ललितपुर मेयर्सका लागि अस्मिना कर्माचार्यले २ तथा कृतिका मरासिनीले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्सले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६५ रनमात्र जोड्यो । उसका लागि लक्ष्मी चौधरीले २३ रन जोडिन् । कोशीका लागि निशा शाहले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया