बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक, आठ महिनामा एक लाख ३६ हजार बढी पर्यटक आए

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए । कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए । धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन् ।
यो सङ्ख्या आव २०७८/७९ मा बौद्ध क्षेत्रमा घुम्न आउने पर्यटक केही बढेका थिए । त्यस वर्ष दक्षिण एसियाली देशका ६५ हजार आठ सय ३१ र अन्य देशका ३० हजार एक सय नौ पर्यटक आएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिए ।
पर्यटकको सङ्ख्या चालु आर्थिक वर्षको आठ महिनामै एक लाख ३६ हजार नौ सय ३६ पुगेको उनले बताए । जसमा दक्षिण एसियाली देशका ६९ हजार आठ सय ३४ र अन्य देशका ६७ हजार ९२ रहेका छन् । समितिले पर्यटक आकर्षित गर्न यस क्षेत्रको सफाइमा विशेष ध्यान दिएको जनाएको छ । सफाइका लागि निजी क्षेत्रको गजुरमुखी सेक्युरिटी कम्पनीसँग सम्झौता गरिएको छ ।
कम्पनीका छ जना कर्मचारीले दैनिक बौद्ध क्षेत्रमा सफाइ गर्ने छन् । जसका लागि समितिले वार्षिक रूपमा रु १७ लाख ३९ हजार तीन सय १४ शुल्क दिने जनाइएको छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया