लागूऔषधसहित ३ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गौरबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ६८६२ नम्बरको मोटरसाइकल हेटौंडा–१५ रातोमाटेमा चेकजाँच गर्दा लागूऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा पछाडि सवार रौतहट राजपुर फरदहवा नगरपालिका–४ बस्ने २२ को महमद दहमिदको साथबाट प्रहरीले गाँजा सानो ७ प्याकेट, नाईट्रोभेट १८ पिस, कोरेक्स सय वटा बरामद गरेको हो । त्यसैगरी मोटरसाइकलका चालक २० वर्षीय उमेश मन्सुरी र मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
यसैगरी थाहा नगरपालिका वडा नम्बर–८ चौतारामा घरबाट प्रहरीले लागूऔषध गाँजाको धुलो फेला पारेको छ । चौताराका दाजुभाइ ५७ वर्षीय लाल बहादुर घलान र ५३ वर्षीय शेर बहादुर घलानको घरमा गाँजाको धुलो विक्री वितरण गर्ने गरेको खबर प्राप्त भएपछी प्रहरीले घर खानतलासी गरेको थियो ।
घर खानलतासी गर्दा लाल बहादुर घलानको घरबाट लागू औषध गाँजा धुलो ४५ किलो र शेर बहादुर घलानको घरबाट लागू औषध गाँजाको धुलो ६३ किलो गरी जम्मा १०८ किलो फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
लागूऔषध गाँजाको धुलो सहित लालबहादुर प्रहरीको नियन्त्रणमा आए पनि शेरबहादुर भने फरार रहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया