सिंहदरबारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ- संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो । वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद् भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो ।
समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए । त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरूलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए ।
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालय लगायत संघीय संसद्का भवनहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया