क्लबमा ओम्नियामा कालीका गीत

काठमाडौं - गायक तथा संगीतकार कालिप्रसाद बासकोटा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् । पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका कालिप्रसाद ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा आगामी चैत १७ गते अर्थात मार्च ३१ गते शुक्रबार गुञ्जिन लागेका हुन् ।
कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालिले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।
कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुती र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कार्यक्रमको टिकट आफ्नोटिकटडटकममा उपलब्ध छ ।
गायक, गीतकार, संगीतकार कालिप्रसाद पछिल्लो समयमा विशेषत फिल्मी गीतमा रुचाइएका संगीतकारमा पर्छन् । यसबाहेक नेपाली सुगम संगीतमा पनि कालि रुचाइएका संगीतकारमा पर्छन् । कालि ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।
२० भन्दा बढी गीतको कम्पोज र प्रस्तुती दिएका कालिका गीत युट्युब च्यानलमा ३ सय ५० मिलियन प्लस स्ट्रिमिङ भएका छन् । कालिका गीतको स्ट्रिमिङ हेर्दा नेपाली संगीत उद्योगमा सर्वाधिक स्ट्रिमिङ हुने उत्कृष्ट तीन गायकमा उनी पर्दछन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया