‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

सप्तरी - सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ ।
वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलान्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए ।
नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गरे ।
केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिने नगरपालिकाका इञ्जिनियर दिनेश ठाकुरले जानकारी दिए ।
विश्व वैभव कन्सटेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स भक्तपुरले रू एक करोड २५ लाखमा निर्माण ठेक्का पाएको कोल्ड स्टोर आगामी असारसम्म पूरा हुनेछ ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया