नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका-५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।
मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । यो सँगै बाँकेमा कोभिढ सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ । (रासस)

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

तटबन्धले जोगायो घर खेत
_04YG2z72mH_v8t2igg3vbb16jiyc5uza0xw7voswj7ykb4vsjp80tricojvuf9puxqytjnl_wMuEUhyzpv_e0o1fqcjg8zsgadqjoceib5jpi86regqrtgvhods2y6ip27bju0gma46jrja.jpg)
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
चिनी तस्करी गरेको आरोपमा मुद्दा दायर

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

प्रतिक्रिया