वैदेशिक रोजगार विभागका सुब्बा ३० हजार घुससहित पक्राउ, अख्तियारमा मुद्दा दायर

काठमाडौं - वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका नासु पाण्डेलाई पक्राउ गरिएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका पाण्डेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो जरिवाना हुन मागदाबीसहित बुधबार बिशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया