दैलेखमा सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत - दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते छन् । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।
मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए । दुर्घटनामा परी उनीहरूको घटनास्थलमै ज्यान गएको हो
गाडीमा चार जना सवार थिए । घाइते प्रकाश कुँमाईले प्रहरीलाई जानकारी दिए अनुसार चालक कृष्ण चौधरी र दुई जना कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको ज्यान गएको छ । ‘मृतकहरूको आधिकारिक रूपमा सनाखत हुन बाँकी छ’ डिएसपी लम्सालले भने, ‘मृतकहरू नेपालगञ्जका रहेको बुझिएको , उनीहरूका आफन्तहरू आउन बाँकी छ ।’

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया