‘भारतले अक्टोबर ५ देखि क्रिकेट विश्वकप आयोजना गर्ने’
काठमाडौँ- सन् २०२३ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकप भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आयोजना गर्ने सम्भावना रहेको छ । क्रिकेटको अनलाइन क्रिकइन्फोका अनुसार १० टिम सहभागी हुने विश्वकपका लागि बीसीसीआईले कम्तीमा एक दर्जन रंगशालालाई सूचीमा राखेको छ ।
विश्वकपको फाइनल भने अहमदाबादमा हुने तालिका रहेको छ । त्यसबाहेक बेंग्लुरु, चेन्नई, दिल्ली, धरमशाला, गुवाहाटी, हैदराबाद, कोलकाता, लखनउ, इन्दोर, राजकोट र मुम्बईलाई सूचीमा राखिएको छ ।
४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् । वर्षा मौसम भएका कारण खेल मैदान टुंगो लगाउनमा ढिलाइ भइरहेको क्रिकइन्फोले जनाएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया