इण्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट : वान-डेको ट्रफी पनि विसिसिएलाई

विराटनगर- विराटनगरमा आयोजित प्रथम रेडमग इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम वान–डे खेलपनि विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी (विसिसिए) ले जितेको छ ।
तीनवटा टि–२० मध्ये दुई श्रृंखलामा पाहुना टोली भारतको अल इण्डिया वुमन टि–२० क्रिकेट एसोसिएशनलाई पराजित गरेको विसिसिएले मंगलबार खेलिएको अन्तिम वान–डे पनि जितेको हो ।
भारतीय महिला टोली विसिसिएसँग ४९ रनले पराजित भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर–६ स्थित मेलवर्न ज्वाला क्रिकेट मैदानमा पहिले टस जितेर ब्याटिङ रोजेको विसिसिएले निर्धारित ३० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनको स्कोर भारतसामू प्रस्तुत गरेको थियो ।
राष्ट्रिय टोलीकी समेत कप्तान रुविना क्षेत्रीले विसिसिएका लागि ५९ रनको योगदान गरिन् । त्यस्तै सम्झना खड्काले नटआउट २४ रन खेलिन् । भारतकी कप्तान रितु मोहन भोसलेले नेपाली टोलीको २ विकेट लिइन् ।
१४५ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २६ दशमलव १ ओभरमा अल आउट हुँदै ९५ रनमै रोकिनु पर्यो । भारतीय कप्तान रितुले १८ र दिक्षा सिंहले १३ रनको योगदान बाहेक अरु खेलाडीहरू खेलमा टिकेनन् । विसिसिएकी अस्मिता कर्मचार्र्यले ह्याट्रिकसहित कविता जोशी २ विकेट लिइन् ।
खेलको वुमन अफ दि म्याच र वुमन अफ दि सिरिजको मेडल विसिसिएकी कप्तान रुविना क्षेत्रीले लगाइन् । उत्कृष्ट ब्याटर विसिसिएकी सम्झना खड्का र उत्कृष्ट बलर पनि अस्मिता कर्माचार्र्य घोषित भइन् ।
मैत्रीपूर्ण प्रतियोगिताका विजयी नेपाली टोलीलाई समापन कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराका कार्की, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, आयोजक नेपाल क्रिकेट फाउण्डेशनका अविशेक श्रेष्ठ र रेडमड क्याफेका प्रमेश हुमागाईले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया