प्याट्रियोट्स कप क्रिकेटः पिनाकल र ओरियन्टल विजयी

काठमाडौँ- दोस्रो प्याट्रियोट्स कप इन्टर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पिनाकल र ओरियन्टल कलेजले जित हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पिनाकलले प्राइम कलेजलाई ४८ रनले पराजित गर्यो ।
वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा ७२ रन पछ्याएको प्राइमले ५ विकेट गुमाएर २३ रन मात्र जोड्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिनाकलले ५ ओभरमा १ विकेट गुमाएर ७१ रन जोड्यो ।
अर्को खेलमा ओरियन्टलले पब्लिक युथ क्याम्पसलाई ८४ रनले पराजित गर्यो । १ सय ३९ रनको लक्ष्य पछ्याएको पब्लिक युथले १३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५४ रन मात्र बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओरियन्टलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि दिपक महतोले ५० रनको योगदान गरे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया