९० रुपैयाँ पर्ने ‘स्टासेफ’मा नयाँ लेबल लगाएर ७ देखि २५ हजारमा बिक्री, दुई जना पक्राउ

विराटनगर : नक्कली ‘रेमडिसिभिर’ इन्जेक्सन बिक्री गरेको आरोपमा विराटनगरबाट फार्मेसी संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिसिभर भन्दै बिरामीलाई बिक्री वितरण गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोली र मोरङ प्रहरीले नक्कली विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो ।
९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै बिक्री गर्ने गरेको आरोपमा मोरङ प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिसिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का थप अनुसन्धान भइ रहेको बताए ।
स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै बिक्री गर्दै आएका थिए । भारतमा पाइने रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो रहेको प्रहरकिो भनाइ छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया