शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

रुखबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर- मकवानपुर जिल्लामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको हाे ।

स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सामुदायिक वनमा घास काट्न गएकोमा रुखबाट लडि स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।