संवैधानिक परिषद्को बैठक आइतबार
लोकसेवा, अख्तियार, निर्वाचन आयोग लगायतमा नियुक्ति सिफारिस हुने

काठमाडौँ : संवैधानिक परिषद्को बैठकमा उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेगरी अध्यादेश जारी भएको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका छन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक राखेका हुन् । अब प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएको जानकारी सभामुख र प्रमुख प्रतिपक्ष दलका नेतालाई पनि दिनेछन् ।
उनले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाको उपस्थिती नहुने वा भएर पनि समर्थन नगर्ने देखिएको छ । तर प्रधानमन्त्रीले आफू, राष्ट्रिय सभा अध्यक्ष र प्रधान न्यायाधीश मिलेमा नै नियुक्ति गर्न सकिने गरी ब्यवस्था गरिसकेका छन् ।
बैठकमा सहभागी भए पनि देउवा र सापकोटाले सिफारिस भएका व्यक्तिको नाम अनुमोदन नगर्ने नीति लिने जानकारी निकट स्रोतले बताएको छ । यद्यपि बैठकमा उपस्थित भएर साक्षी बस्नु भन्दा सहभागि नहुन उनीहरुलाई सुझाव दिइएको छ ।
संसद् बस्न मिल्ने समय नै रहेकाले किन अध्यादेश ल्याएको भन्दै विरोध गरिरहेको प्रतिपक्ष दल नै सहभागि हुँदा विरोधको तुक नहुने पनि बुझाइ विपक्षी दलकाे छ । आइतबार बस्ने बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।
विशेष गरी उक्त बैठकमा लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारीको नियुक्ति सिफारिस गर्ने तयारी छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी पनि सिफारिस गर्न पर्ने देखिएको छ । त्यो बैठकमा सहभागी भए कांग्रेसको पनि भाग पर्ने र नभएमा नपर्ने भन्दै ओलीले यसबारेमा जानकारी दिन बुढानिलकण्ठ नै पुगेका थिए ।
विश्वासको मत माग्न बुढानिलकण्ठ पुगेका उनले संवैधानिक अंगमा नियुक्ति सिफारिस गर्ने बारे पनि छलफल गरेका थिए । त्यस्तै समावेशी आयोगले पनि पूर्णता पाएको छैन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार जारी गरेकी थिइन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया