प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : अर्को विश्वासको मत कहिले लिनुहुन्छ ?

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीको अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ भन्दै प्रश्न गरेका छन् । उनले सोमबार प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावको विपक्षमा बोल्दै यस्तो व्यंग्य गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री ज्यूले पुष २६ गते विश्वासको मत प्राप्त गर्नु भएको थियो,’ उनले भने, ‘अहिले दुई महिना १० दिन पुग्दा नपुग्दा फेरि अर्को पटक विश्वासको मत लिन सदन समक्ष प्रस्तुत हुनुभएको छ । सभामुख महोदय यो सदनको बिजनेस नै सकिने भयाे । हरेक दुई/दुई महिनामा वा अर्को एक/एक महिनामा विश्वासको मतमा जानुपर्ने हो कि ? म सोध्न चाहान्छु प्रधानमन्त्री ज्यूको विश्वासको मत लिने कार्यसूची कहिलेको छ ? कुन मितिमा विश्वासको मत लिनुहुन्छ यहाँले ?’
उनले पुष १० को सहमति कायम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे । अहिले राष्ट्रिय सहमतिको एमालेको विरोध गर्ने मात्रै भएको उनले आरोप लगाएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया