प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कुनै आधार र कारण देखिएन : उपाध्यक्ष पौडेल

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुनै आधार नभएको बताएका छन् । सोमबार प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको विषक्षमा बोल्दै पौडेलले यस्तो धारणा राखेका हुन् ।
‘प्रधानमन्त्रीले विश्वासको मत दिने प्रस्तावको विपक्षमा नेकपा एमाले छ,’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत माग्नु भएको छ । तर, जस्तो परिस्थितिमा र पृष्ठभूमिबाट आज उहाँ यो विन्दुमा आइपुग्नुभएको छ । जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । मलाई के लाग्छ भने उहाँलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन ।’
उनले नेकपा एमाले मात्रै होइन सिंगो सदन यो प्रस्तावको विपक्षमा उभिन अनुरोध गरेका छन् । उनले पुष १० को सहमति कायम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे । अहिले राष्ट्रिय सहमतिको एमालेको विरोध गर्ने मात्रै भएको उनले आरोप लगाएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया