जर्मनीमा कोभिड-१९ बाट एकै दिन २६७ जनाको मृत्यु

काठमाडौँ : जर्मनीमा कोभिड-१९ (कोरोना भाइरस) संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप दुई सय ६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड-१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४ सय १९ ले वृद्धि भएको छ ।
योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ । जर्मनीमा कोभिड-१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको आरकेआईले जनाएको छ । कोभिड-१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएपछि जर्मनीमा गत यही नोभेम्बरदेखि आंशिक लकडाउन गरिएको छ ।
सरकारले आगामी क्रिसमससम्म निजी जमघट समेतमा कडा प्रतिबन्धहरु घोषणा गरेको छ । सार्वजनिक स्थल, विद्यालय र कक्षाकोठामा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम पनि बनाइएको छ । (रासस)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया