आरोप प्रत्यारोपसहित मैदानमा उत्रिए 'हेवीवेट', नेमकिपाका उम्मेदवारको आफ्नै चाल !

हेटौंडा : राष्ट्रिय सभाको उपनिर्वाचनको लागि शुक्रबार दिउँसोसम्म तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ एमालेबाट रामबहादुर थापा, स्वतन्त्र डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएसँगै दुई 'हेवीवेट' उम्मेदवार आरोप प्रत्यारोपसँगै आआफ्ना एजेण्डा राख्न थालेका छन् । तर, नेमकिपाका उम्मेदवार आफूलाई जित र हारसँग सरोकार नरहेको प्रष्ट पारेका हुन् । उम्मेदवारी दर्ता गराएसँगै तामाङले हारजित जे भए पनि आफू पार्टीको निर्देशन अनुसार चल्ने बताए । पार्टीको निर्देशन अनुसार आफूले उम्मेदवारी दिएको भन्दै देश र जनताको लागि काम गर्ने प्रतिवद्धता उनले जनाए ।
अर्कोतर्फ गृहमन्त्री थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले बागमती प्रदेशमा भएकोे ९ हजार ५६४ मतमध्ये पाँच हजार १३० मत एमालेको रहेको भन्दै जित सुनिश्चत रहेकोे दाबी गरेका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका डा.देवकोटाले आफ्नो पछाडि नेकपा माओवादी केन्द्र र कांग्रेस मात्र होइन, सिंगो मुलक नै साथमा रहेको बताए । अहिले संविधान र व्यवस्थालाई सरकारले धेरै कमजोर बनाएको उनले आरोप छ ।
‘यो व्यवस्था ६२/६३ जनआन्दोलन, माओवादी आन्दोलन, जनजाती आन्दोलन लगायत विभिन्न आन्दोलहरूबाट प्राप्त भएको हो’, उनले भने, ‘प्रधानमन्त्रीबाटै संविधानको हत्या गर्ने काम भयो ।’ शुक्रबार दिउँसो ४ बजेसम्म मनोनयन दर्ता गराउने समय छ । अहिलेसम्म ३ जनाको मात्रै उम्मेदवारी परेको हो ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया