प्रधानमन्त्रीले संसद्लाई महत्व नदिएको एमालेकाे आरोप

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले संसद्लाई महत्व नदिएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसदहरूले प्रधानमन्त्री स्वयं संसद्मा रहँदारहँदै अर्को व्यक्तिलाई पेस गर्न दिनु संसद्प्रतिकै अवहेलना भएको भन्दै विरोध जनाएका हुन् । यस्तै उनीहरूले महत्वपूर्ण विधेयकहरू मन्त्रीलाई पेस गर्न दिएर प्रधानमन्त्रीले संसद्लाई महत्व नदिएको आरोप लगाएका छन् ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना, प्रविधिमन्त्री रेखा शर्मालाई समय दिएपछि एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री नै संसद्मा उपस्थित भएको अवस्थामा अर्को मन्त्रीले विधेयक पेस गर्नु सुहाउँदो नभएको भन्दै विधेयक पेसका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले पनि सरकार जन्माउने संसद्लाई प्रधानमन्त्रीले महत्व दिए संसद्कै गरिमा बढ्ने बताए । संसद्को शून्य समयमा सांसदहरूले उठाएको कुराको प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि संसद्बाट रुलिङको माग गरे ।
शून्य समयमा जनताका विभिन्न विषयहरूलाई सांसदले उठाए पनि सरकारले वास्ता नगरेको पन्तको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया