'कोग्ले' लेखक प्रेम बोहरामाथि डोल्पामा आक्रमण
उपचारका लागि काठमाडौँमा

काठमाडौँ : हालै प्रकाशित 'कोग्ले' पूस्तकका लेखक प्रेम बोहरामाथि डोल्पामा आक्रमण भएको छ । डोल्पाका विभिन्न ठाउँमा युवा सचेतना, भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका बोहरामाथि मंगलबार आक्रमण भएको हो ।
वडाध्यक्ष कर्णबहादुर रोकायाका आफन्तले बोहरामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट बोहराको टाउकोमा चोट लागेको छ । उनी उपचारका लागि काठमाडौँ आएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा उनको टाउकोको सिटी स्क्यान गरिएको छ ।
डाक्टरले भित्र गहिरो चोट नलागेको बताएका छन् । घाउमा टाका लगाइएको छ । आफ्नो ज्यान लिने उद्धेश्यले वडाध्यक्ष रोकायाका आफन्तले आक्रमण गरेका बोहराले बताएका छन् ।
'डोल्पा फर्किएपछि भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको थिए । स्थानीय रोलाघाट लघु जलविद्युत आयोजना मर्मत गर्ने काम स्थानीयको श्रमदानबाट गर्नुपर्छ भन्दै आवाज उठाउँदा ज्यान लिने उद्धेश्यले ममाथि आक्रमण गरिएको हो । आक्रमण पश्चात उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी लिन मानेको छैन्' उनले इकागजसँगको कुराकानीमा भने ।
स्थानीयले जलविद्युतको काम स्थानीय श्रमदानबाट गरेर आपसी सहमतिमा पारिश्रमिक लिने गरी उपभोक्ता समिति गठन गरेका थिए । तर वडाध्यक्ष रोकायाले गाउँलेको सहभागितामा भएको निर्णय लत्याएर ४० लाखमा अर्को व्यक्तिलाई एकलौटी ठेक्का दिएपछि विवाद सुरु भएको हो । आयोजनाको मर्मतका लागि ६५ लाख बजेट आएको थियो ।
विवादका क्रममा वडाध्यक्षका आफन्त र उनले परिचालन गरेका युवाहरुले आफूमाथि कुटपिट गरेका बोहराले बताए । झण्डै एक हप्तासम्म पनि प्रहरीमा उजुरी लिन नमानेको बोहराको आरोप छ । वडाध्यक्षले मान्छे लगाएर आक्रमण गर्न लगाएको लिखित उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक हरिराम डाँगीले बोहराका आफन्त उजुरी दर्ता गर्न आएको र घटनाका विषयमा सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार राजनीतिक घटनाक्रम भए उजुरी दर्ता नहुने र प्रहरीले आन्तरिक छानबिन गरेपछि उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने योजना रहेको प्रहरी निरीक्षक डाँगीले बताए ।

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

प्रतिक्रिया