बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

अछामकाे हाेटलमा १७ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

अछाम । अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा  बाजुराकी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो। 

करणी गरेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।