नर्सिङ क्याम्पस र महेन्द्र मोरङको तालाबन्दी खुल्यो

विराटनगर- विराटनगरको विराटनगर नर्सिङ क्याम्पस र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले लगाएको तालाबन्दी खुलेको छ ।
स्ववियु निर्वाचनको दुई दिनअघि शुक्रबार नर्सिङ क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको थियो । त्यहाँ शनिबार बिहान प्रहरीले बल प्रयोग गरेर ताला खोलेको हो ।
नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दीपछि अनेरास्ववियुले पनि शनिबार बिहानै महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको थियो । अनेरास्ववियुले आफ्नो संगठनको तर्फबाट प्रस्तुत माग सम्बोधन गर्न क्याम्पस प्रशासन र निर्वाचन समिति तयार देखिएको भन्दै तालाबन्दी खोलेको जनाएको छ ।
नेविसंघ र अनेरास्ववियुले दुवै क्याम्पसमा निर्वाचनको प्रक्रियामा धाँधली भएको भन्दै दोष क्याम्पस प्रशासन र निर्वाचन समितिलाई थोपार्दै तालाबन्दी गरेका थिए ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले आफ्नो संगठनको माग सम्बोधन गर्न क्याम्पस प्रशासन सकारात्मक रहेकोले सहमतिमै ताला खोलिएको जानकारी दिए ।
‘हामी निर्वाचनको विपक्षमा नभए पनि क्याम्पस प्रशासनको भूमिका शंकास्पद देखिएपछि तालाबन्दी गरेका थियौं,’ घिमिरेले भने, ‘छलफलमा हाम्रा मागहरू पूरा गर्ने र निश्पक्षमा रूपमा भयरहित रूपमा निर्वाचित गर्न क्याम्पस प्रशासनले प्रतिबद्धता जनाएपछि ताला खोलेर चुनावको प्रक्रिया अघि बढाउन सहयोग गरेका छौं ।’
मोरङका ९ वटै क्याम्पसमा आइतबार हुने स्ववियु निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफ्नो संगठनले सहयोगी भूमिका निर्वाह गर्ने समेत उनले बताए ।
यसैबीच स्ववियु निर्वाचनलाई अझ शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईसहित सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच शनिबार बेलुका बैठक तय गरिएको जनाइएको छ ।

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया