कांग्रेस रुपन्देहीले पार्टी कार्यालयलाई आइसोलेसन बनाउन दिने

बुटवल : नेपाली काङ्ग्रेस रुपन्देहीले कोभिड महामारीको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरूमा बिरामीको लागि बेड अभाव भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ । काङ्ग्रेस रुपन्देहिको भैरहवास्थित भीम अस्पतालको पछाडि दुई वटा हल, एघार बटा कोठासहितको दुईतले कम्पाउन्डसहितको भवन रहेको छ ।
उक्त भवन आइसोलेसन निर्माणको लागि स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यबस्था मिलाइएको नेपाली काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिए । सरोकार वाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गम्भीर बन्न आग्रह गर्दै उनले कोही पनि कोभिडका बिरामीलाई उपचारको लागि बेडको समस्या नहोस भन्ने हेतुले आफूहरू पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि दिन तयार भएको र आवस्यक अरु सहयोग समेत गर्न तयार रहेको बताए ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया