क्रिकेटर ऐरी र सार्कीलाई सुदूरपश्चिम सरकारले दुई/दुई लाख रूपैयाँ दिने

कैलाली । राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट खेलाडीलाई प्रदेश सरकारले नगद रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई/दुई लाख रूपैयाँ दिने भएको हो ।
राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई/दुई लाख रूपैयाँ दिने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन् ।
टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५०/५० हजार गरि ६ लाख दिने घोषणा गरेको छ।
नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया