गोधुली साँझमा काठमाडौँ (फोटो फिचर)

भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौँको दिनचर्याको छोटो परिभाषा हो आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक शहरीयाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर यही व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ ।
साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरू खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ ।
यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ ।
चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक । हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

फोटो पत्रकार कविता थापालाई सूचना अभियन्ता पुरस्कार प्रदान

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

प्रतिक्रिया