जापानी प्रधानमन्त्री किशिदा चार दिने भारतको भ्रमणमा जाँदै

जापान- जापानी प्रधानमन्त्री फुमिओ किशिदा छिमेकी देश भारत भ्रमण जाँदैछन् । आइतबारदेखि बुधबारसम्म चार दिने भ्रारत भ्रमणमा जान लागेका हुन् ।
२० वटा औद्योगिक राष्ट्रको समूह (जी–२०) को अध्यक्ष देश भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिखर बैठकको कार्यक्रम छ । भ्रमणको क्रममा प्रधानमन्त्री किशिदाले भारतीय प्रधानमन्त्री मोदीसँग बैठकसँगै अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेका विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुने बताइएको जापानी मिडियाहरूले लेखेका छन् ।
युक्रेनमा रूसको आक्रमणमा तटस्थ रहेको भारतलाई उदयमान विकाशशील देशहरूको प्रतिनिधिको रूपमा लिइन्छ । विकास अर्थतन्त्रहरूको प्रतिनिधिको रुपमा भारतको उचाई बढ्दो छ । औद्योगिक राष्ट्रको समूह (जी–२०)मा औद्योगिक राष्ट्रहरू र यूरोपेली युनियन सदस्य छन् ।
विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरू समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो । (जी–२०)मा पर्ने देशहरू अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका छन् । १८ औँ शिखर सम्मेलन यो वर्षको सेप्टेम्बर ९ देखि नयाँ दिल्लीमा हुनेछ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया