शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

वीरको भवनसहित उपत्यकामा ४ नयाँ कोभिड-१९ अस्पताल

फाइल तस्बिर

काठमाडौँ : वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोभिड-१९ सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजना अनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो  ।

नयाँ भवन पााँच सय शैय्याको हुनेछ । कार्ययोजना अनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ ।