सुदूरपश्चिम प्रदेश कराँते महासंघको अध्यक्षमा त्रिलोक

कैलाली - सुदूरपश्चिम प्रदेश कराँते महासंघको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय (त्रिलोक) चयन भएका छन्। धनगढीस्थित रंगशालामा आज सम्पन्न भएको सुदूरपश्चिम प्रदेश कराँते महासंघको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदुरपश्चिम् प्रदेश कराते महासंघको कार्यसमितिको चयन गरेको हो।
महासंघको उपाध्यक्षमा हिक्मत भण्डारी र डिल्ली सुवेदी, सचिवमा बहादुर सिंह ओड, सह-सचिवमा बिनोद चन्द र पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सह(कोषाध्यक्षमा नरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा प्रभाव भण्डारी, नन्दकृष्ण जैशी, दिनेश रावल, हेमा भट्ट, बिजय सिंह ऐरी, मोहन एस. के., ओमप्रकाश पन्त र किरण बोहोरा निर्वाचित भएका छन्।
त्यस्तै केन्द्रीय सदस्यमा गजेन्द्र साउद्लाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मकेन्द्र बहदुर सिंह, राजेन्द्र अवस्थी, लिला सिंह बोहरा, दीपेन्द्र देउवा र मोहन एस. के. छनौट भएका छन्।
सुदुरपश्चिम कराँतेका प्रमुख प्रशिक्षक बिमल खडायतको सभापतित्वमा संचालित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश बि.क. रहेका थिए।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सन्जीता चौधरी, नेपाल कराते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाई, सुदुर पश्चिमाञ्चल क्षेत्रीय विकास समिति र कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखहरू एवं कर्मचारीबर्ग, कराँते लगायत विभिन्न खेलका प्रशिक्षकहरु र प्रदेशका स्वयंसेवक कराँते प्रशिक्षकहरु र वरिष्ठ कराँते खेलाडीहरूको उपस्थिति रहेको थियो।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5SVLtNTQ6s_7uoud7bubr3ymi5krbj2cdk0seva4iqqfp6s13xhfanjleeozb4t5xchf09f.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया