गण्डकीमा थप ४ संक्रमितको मृत्यु

पोखरा : गण्डकीमा थप ४ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पर्वतका २, कास्की र तनहुँका १÷१ संक्रमितको मृत्यु भएको हो । पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको हो ।
उनमा २३ वैशाखमा संक्रमण पुष्टि भएको थियो । पर्वतकै कुष्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष संक्रमितको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा १३ वैशाखमा कोरोना देखिएको थियो ।
तनुहँ व्यास नगरपालिका १ की ६० वर्षीय महिला संक्रमितको बिहीबार बेलुका निधन भएको हो । उनमा हिजो नै कोरोना देखिएको जनाइएको छ । २२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका कास्की पोखरा महानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_t7Z4ZRZkKy_tho7yfxa5lfdlubbjxhiwymwphefz2xn1pwdn9eyrihrobnpjnu6hiakrhmd.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

प्रतिक्रिया