त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
मूलपानीलगायत क्रिकेट रंगशाला निर्माण कार्य तीब्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् । शुक्रबार बिहान विजेता खेलाडीहरूलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् ।
आधुनिक फ्लटलाइट नहुँदा बिहीबार नेपाल र युएईबीचको खेल डिएल म्याथडबाट टुंग्याउनु परेको थियो ।
प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कारसमेत घोषणा गरेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया