साना योजनामार्फत् भइरहेको बजेटको दुरुपयोग रोक्न सुदूरपश्चिम सरकार अग्रसर

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले बिगतमा उपभोक्ता समिति र साना योजनामार्फत् भइरहेको बजेटको दुरुपयोग रोक्न महत्वपूर्ण निर्णयहरू गरेको छ । सुदूरपश्चिम प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ पास गर्दै प्रदेश सरकारले त्यसका लागि बजेट सिलिङ कम्तीमा २५ लाख रुपैयाँ बनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश समपुरक अनुदानसम्बन्धी कार्यविधि २०७९ समेत स्वीकृत गर्दै त्यसको बजेट सिलिङ कम्तीमा ५० लाख बनाएको छ । साथै दुईवटै कार्यविधी कार्यान्वयनमा उपभोक्ता समितिमार्फत् कार्यान्वयन गर्ने सवाललाई निरुत्साहित गरेको छ । उपभोक्ता समिति र साना योजनामार्फत् प्रदेश सरकारको बजेटको चरम दुरुपयोग भएको व्यापक गुनासो आएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । यसले साना योजनाका नाम र उपभोक्ता समितिका नाममा भइरहेको भ्रष्टाचारलाई रोक्ने विश्वास गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रा.डा. हेमराज पन्तको सयोजकत्वमा ३ सदस्यीय शिक्षा क्षेत्र सुधार सुझाव कार्यदल बनाउने निर्णय गरेको छ ।
यसैगरी सेती प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष तथा पूर्व मेडिकल सुपरिटेण्डेट डा. गणेश बहादुर सिंहको सयोजकत्वमा ३ सदस्यीय स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको छ । दुवै कार्यदललाई काम सुरु गरेको दिन देखि ३५ दिनको कार्य अवधि तोकिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5SVLtNTQ6s_7uoud7bubr3ymi5krbj2cdk0seva4iqqfp6s13xhfanjleeozb4t5xchf09f.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया