एकदिवसीय वरीयतामा नेपालको छलाङ, पछि परे नामिबिया, युएई र पिएनजी

काठमाडौँ- नेपालले आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा ठूलो फड्को मारेको छ । आईसीसीले सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको १६औँ स्थानमा आइपुगेको हो ।
यसअघि वरीयतामा रहेका २० टिममध्ये १९ हुँदै अघिल्लो साता १७ औँ स्थानमा आइपुगेको थियो । तर पछिल्ला ११ मध्ये १० खेलमा जित हातपारेसँगै नेपालको वरीयतामा लगातार सुधार हुँदै आएको छ ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १६औँ स्थानमा आइपुगेको हो । वरीयतामा नेपालले नामिबिया, अमेरिका, युएई र पपुवा न्यूगिनीलाई पछि पारेको छ ।
भारत, अस्ट्रेलिया र न्यूजिल्यान्ड वरीयताको शीर्ष ३ मा रहेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया