शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना

धनगढी- डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।